Sajhamanch Archive

भारतमा कोरोनाबाट एक लाख दुई हजारभन्दा बढीको मृत्यु, संक्रमित ६६ लाख पुगे

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

भारतमा पछिल्लो २४ घन्टनमा ७४ हजार चार सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । साथै यस अवधिमा नौ सयजनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कुल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमणबाट हालसम्म एक लाख दुई हजार ६ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् ।
५५ लाख ८६ हजार कोरोनामुक्त
यस्तै भारतमा ५५ लाख ८६ हजार व्यक्ति कोरोनामुक्त पनि भएका छन् । यहाँ अझै नौ लाख ३४ हजार मानिस सक्रिय संक्रमित छन् । सर्वाधिक प्रभावित महाराष्ट्रमा दुई लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ३८ हजारभन्दा बढीको ज्यान गएको छ । यस्तै कर्णाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र नौ हजार दुई सय ८६ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म सात करोड ९९ लाख नमुना परीक्षण गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *