भतिजीलाई बलात्कार गरेर बच्चा जन्माएपछि पोल खुल्यो
Published: (Updated: )
by .पोखरा । नातामा भतिजी पर्ने एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ परेका छन् । हाडनाता पर्ने ती बालिकालाई गत पुस २ गते युवकले बलात्कार गरेका थिए ।
बलात्कृत किशोरीले भदौ २९ गते पश्चिमाञ्चल अस्पतालमा बालकलाई जन्म दिएपछि घटनाको पोल खुलेको हो । घटना सर्लाहीको हो । तर, पीडक पोखरामा बस्ने गरेका थिए । कास्की प्रहरीले सर्लाही प्रहरीसँगको समन्वयमा आरोपित किशोरलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
गत पुसमा राति साढे नौ बजे ती किशोरले घरमा एक्लै रहेकी किशोरीलाई डरधम्की देखाएर बलात्कार गरेको बयानमा बताएका छन् ।
उनीविरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमति लिइ अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रवक्ता हमालले जानकारी दिए ।
स्रोत : बाह्रखरी
Comments