Sajhamanch Archive

झापामा थप चारजनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा। झापामा आज चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार थपिनेमा एकजना महिलासहित चारजना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये बिर्तामोडका १ जना पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नं.५ का ८२ वर्षका पुरुष, दमक नगरपालिका वडा नं.५ र १ का ५१ र ५२ वर्ष उमेरका १ जना महिला र १ जना पुरुष र गौरादह नगरपालिका वडा नं.६ का ६३ वर्षका पुरुषमा कोरोना संक्रमण भएको बताए ।

उनीहरु मध्ये बिर्तामोडका १ जना पुरुषको मृत्यु भएको छ । संक्रमित सबै स्थानीय रहेको चौलागाईले जानकारी दिए । गौरादहका संक्रमित बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेका छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ९३५ पुगेको छ । ८३२ जना निको भएका छन् । हालसम्म झापामा १० जनाको मृत्यु भईसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *