दमकका मेयरसहित एक वडाध्यक्षमा कोराना, नगरपालिका २३ गतेसम्म बन्द
Published: (Updated: )
by .दमक । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीसहित एक वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज आएको पिसिआर परीक्षणको रिपोर्टमा नगर प्रमुख ओली र दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेमा समेत संक्रमण देखिएको हो । उनकी श्रीमती लिला ओलीमा भने एक दिन अघि नै संक्रमण देखिएको थियोे । ओली दम्पत्तीसहित उनका छोरा अनिलमा पनि संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका अनुसार दमकका एक महिलासहित चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । यसैवीच नगरपालिकाका पदाधिकारीमा कोरोनाको संक्रमण देखिएपछि दमक नगरपालिका र सबै वार्ड कार्यालयहरु आजदेखि असोज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।
नगरपालिकाका पदाधिकारीलाई समेत कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ तयार गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु चार दिनका लागि बन्द गरिएको नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेद्धारा आज जारी सूचनामा उल्लेख छ ।
उता श्रीमतीलाई कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टाईनमा रहेका झापा,गौरादह नगर पालिकाका प्रमुख रोहितकुमार साहको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको नगर प्रमुह सााहले जानकारी दिए ।
Comments