शिवसताक्षी नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य चौकी विस्तार गर्ने
Published: (Updated: )
by .दूधे । झापाको शिबसताक्षी नगरपालिकामा क्षयरोगीको संख्या बढ्दै गइरहेको शिबसताक्षीमा आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापा र क्षयरोग–कुष्ठरोग शाखाको आयोजनामा स्थानीय जनप्रतिनिधिहरुसंग क्षयरोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम दिन प्रतिदिन क्षयरोगी संख्यामा बृद्धि भइरहेको जानकारी गराइएको हो ।
नगरपालिकाको ११ वडाका वडाध्यक्षहरु, पाँचगाछी, धरमपुर, शिबगञ्ज र सतासीधाम स्थित स्वास्थ्य चौकीका प्रमुख र सहरी स्वास्थ्य केन्द्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख शेर्माले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक वडाहरुमा स्वास्थ्य केन्द्रहरु विस्तार गरिन लागेको जानकारी गराए । उनले स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा नगरवासीहरु जिम्मेवार रहनुपर्ने र स्वास्थ्य संस्थाका कार्यरत कर्मचारीहरुले पनि आफ्नो क्षेत्रमा जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्षयरोग तथा कुष्ठरोग शाखाका प्रमुख प्रमोद प्रसाद दाहालले श्वास प्रश्वासको माध्यमले क्षयरोग सर्ने बताए । उनले रोगी व्याक्तिको श्वास प्रश्वास मार्फत अर्को व्याक्तिमा सर्ने भएकोले रोगी व्याक्तिको उपचार गर्नुपर्ने बताए । दाहालका अनुसार १५ वर्षदेखी ४९ वर्षसम्मका व्याक्तिमा यो रोग सर्ने गरेको देखिन्छ ।
सो कार्यक्रममा विराट नेपाल मेडिकल ट्रष्ट्र (विएनएमटी) नेपाल झापाका कार्यक्रम संयोजक रामप्रसाद कोइरालाले सहजिकरण गरेका थिए । सो अवसरमा नगरपालिकाका उपमेयर भोजकुमारी नेपालको समेत उपस्थिति रहेको थियो ।
झापाको १५ वटा स्थानीय तहमा कार्यक्रम गरिने छ ।
यसअघि, गौरिगञ्ज, कमल, हल्दिबारी गाउँपालिका र कनकाई नगरपालिकामा क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भइसकेको छ । कार्यक्रम नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएका थियो ।
Comments