Sajhamanch Archive

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका रेग्मी परिवारलाई सहयोग

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिका ५ मा जंङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको रोहित रेग्मीको परिवारलाई राहात रकम प्रदान गरिएको छ ।

मृतक रेग्मीकी श्रीमती निर्मला रेग्मीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा उपलब्ध गराएको ५० हजार रुपैया कोषका कार्यक्रम अधिकृत विरेन्द्र गौतम, डिभिजनल बन झापाका अधिकृत विष्णुलाल घिमिरे र कमल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले संयक्त रुपमा प्रदान गरेका थिए ।
निर्मलाका ६३ वर्षीय श्रीमानलाई २०७७ श्रावण २३ गते राती आएको हात्तीले आक्रमण गरेको थियो ।

हात्तीका कारण मृत्यु भएका परिवारलाई राज्यले १० लाख रुपैया दिने भनिए पनि आफुले ५० हजार मात्र पाएको मृतककी श्रीमती निर्मला रेग्मीले बताइन् । आफ्नो बोलिदिने मान्छे नभएका कारण आफु अन्यायमा परेको उनले गुनासो गरिन् ।

सरकारी वा सार्वजनिक जग्गामा बसोवास गर्ने व्याक्तिले कुनै पनि जङ्गली जनवारका कारण मानिसको मृत्यु भएमा राहत पाउने कानुनी व्यवस्था नरहेको तर मानिस र जनवार प्रतिको सम्बन्धले गर्दामा पीडित परिवारलाई उक्त रकम प्रदान गरेको डिभिजनल वन झापाका अधिकृत विष्णुलाल घिमिरेल बताए ।
सबै कुरा आफुलो सोचे जस्तो हुँदैन विधि र परिधिमा रहेर काम गर्नुपर्ने भन्दै वडा कार्यलयमा आएर राहत रकम प्रदन गर्ने संस्था र राहात रकम बुझिदिने दुबैलाई वडा अध्यक्ष डम्वर बहादुर निरौलाले धन्यवाद दिएका थिए ।

अहिले पनि हात्तीले आक्रमण गरेको क्षेत्रमा ३२ परिवारले वसोवास गरिएका छन् । सम्बन्धित पक्षले ती सुकुम्वासी परिवारलाई बेलैमा व्यवस्थित नगर्ने हो भने फेरी पनि यस्ता घटना नदोरिएलान् भन्न सकिदैन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *