Sajhamanch Archive

झापामा थप १९ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार झापामा आज बिर्तामोड, भद्रपुर, दमक, अर्जुनधारा, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिमा कोरोना पुष्टि भएको हो ।

भद्रपुर नगरपालिका वडा नं. ५ र १० का १ महिला र ७ पुरुष गरी आठ जना स्थानीय, दमक नगरपालिका वडा नं.१ र १० का तीन स्थानीय पुरुष, अर्जुनधारा नगरपालिका वडा नं.५ का एक स्थानीय पुरुष र हल्दिबारी  गाउँपालिका वडा नं २ का दुई स्थानीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. १ र ४ का तीन स्थानीय पुरुष, बाह्रदशी  गाउँपालिका वडा नं.४ का भारतबाट आएका एक पुरुष र बुद्धशान्ति गाउँपालिका वडा नं.४ का एक स्थानीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।

झापामा कुल संक्रमितको संख्या ९५४ पुगेको छ भने ८३९ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *