स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गर्न ध्यानाकर्षण
Published: (Updated: )
by .बिर्तामोड । झापामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै मजदुर नेताहरुले मजदुरहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गर्न झापाका स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
झापाका ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनका नेताहरुले झापाका मजदुरहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको सुरक्षाका सामाग्री उपलव्ध गराउन स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका हुन ।
चिया क्षेत्रमा कार्यरत मजदुर तथा अन्य क्षेत्रमा कार्यरत मजदुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले नेपाल सरकारले तोकेको न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको सुरक्षाका सामाग्री उपलव्ध गराउन माघ समेत गरेका छन् ।
संवाद समूह झापाको संयोजनमा मंगलवार झापाका ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनका नेताहरुसँग भएको चिया मजदुरका सवालमा अधिकांश बक्ताहरुले हालसम्मका सहमति र कार्यान्वयनको नभएको गुनासो गरेका थिए ।
त्यस्तै कोभिड –१९ का सन्दर्भमा झापामा मजदुरहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै झापाका सवै स्थानीय तहका सरकारहरुले नेपाल सरकारले तोकेको न्यूनतम् मापदण्ड मजदुरहरुले कार्यान्वयन भए नभएको अनुगमन गर्न ध्यानाकर्षण गराउने साझा निष्कर्षमा उल्लेख छ ।
वैठकको सहजीकरण संवाद समूह झापाका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
Comments