Sajhamanch Archive

काँकरभिट्टा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु जफत

Published: (Updated: ) in समाज, स्थानीय तह by .

मेचीनगर । स्थानीय सरकार र जिल्लाको संयुक्त अनुगमन टोलीले पूर्वीनाका काँकडभिट्टाबाट म्याद नाघेका विभिन्न खाद्यबस्तु जफत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वको टोलीले म्याद गुज्रिएका, नेपालमा बेच्न प्रतिबन्ध लगाइएका, उत्पादन मिति र व्याज नम्बर नभएका खाद्य र पेयपदार्थ जफत गरेको हो ।

उपभोक्ता र विक्रेतालाई सचेत गराउन बजार अनुगमन गरिएको प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । ‘चाडपर्वका बखत बजारमा खाद्य वस्तुको अभाव र मूल्य बृद्घि हुने भएकाले अनुगमन गरिएको खरेलले जानकारी दिए  ।

मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले व्यवसायीहरुले आफ्नो दर्ता प्रमाणपत्र चुस्तदुरुस्त नराखेको फेला परेपछि सचेत गराइएको बताए ।

अनुगमनका क्रममा अधिकांश व्यवसायीले मूल्य सूची अद्यावधिक नगरेको पाइएको नगर अनुगमन समिति संयोजक तथा मेचीनगर उपप्रमुख मीना उप्रेतीले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *