Sajhamanch Archive

जिल्ला समन्वय प्रमुख पोर्तेललाई कोरोना

Published: in समाज, स्वास्थ्य by .

झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण भएको छ । उनले आफू कोरोना संक्रमणको सिकार भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफ्नो नियमित सम्पर्कमा रहेकाहरुलाई सचेत हुन आग्रह पनि गरेका छन् ।

समन्वय समिति प्रमुख पोर्तेलले भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका थिए । आफूले भेटेका धेरै साथीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूले शंका लागेर परीक्षण गर्न लगाएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *