Sajhamanch Archive

झापामा स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार थपिनेमा स्वास्थ्यकर्मी, कैदीबन्दीसहित २४ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये दुई महिने बच्चाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिका वडा नं.४, ५, ८ र ९ का २८, ४६, १७, २५, २९, २९, २२ वर्षका ९ जना पुरुष, अर्जुनधारा नगरपालिका वडा नं.५ का ५३ वर्षका १ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नं.३ र ५ का २४, ४३, ५६, २३, २२, २४, ४०, ४२ र ५० वर्षका ३ जना महिला र ६ जना पुरुषलाई कोरोना संक्रमण भएको बताए ।

त्यस्तै गौरादह नगरपालिका वडा नं. ९ का ५३, १३ र ५६ वर्षीय १ जना महिला र २ जना पुरुष, कनकाई नगरपालिका वडा नम्बर २ का २७ वर्षीय पुरुष र कचनकवल गाउँपालिका वडा नं. ३ का १७ वर्षीय महिलालाई कोरोना संक्रमण भएको चौलागाईले बताए ।

उनीहरु मध्ये भद्रपुरका ३ जना कैदीबन्दी, १ जना इलाम, १ जना ओखलढुंगा र एकजना दुईमहिने बच्चा रहेका छन् । बच्चाको मृत्यु भएको छ ।

बिर्तामोडका ३ जना स्वास्थ्यकर्मी मध्ये १ जना मेचीनगर नगरपालिका वडा नं.१० का २ जना मोरङ र हल्दीबारी गाउँपालिका -२ का हुन् । उनीहरु अस्पतालका कर्मचारी हुन् । अर्का १ जना ताप्लेजुङ ठेगाना भएका १ जना कैदीबन्दी हुन् भने कनकाईका १ जना धरान अस्थायी घर भएका बैँकका कर्मचारी रहेको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ९७८ पुगेको छ । त्यसमध्ये ८३९ जना निको भएर घर फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *