Sajhamanch Archive

प्रदेश १ मा थपिए ३४३ कोरोना संक्रमित,१० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा एकैदिन ३४३ कोरोना संक्रमित थपिएका छन् ।  दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च संख्या हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २-२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बुधबार विराटनगरमा १३७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५७ महिला र ८० पुरुष छन् । सुनसरीको धरानमा ५३ महिला र ६१ पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेश १ मा बुधबार १० जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पतालबाट डिस्चार्ज भएका हुन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ४ हजार १३२ पुगेको छ ।

प्रदेश १ मा १ लाख ३० हजार ६७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *