Sajhamanch Archive

पेरिस भनेर हनिमून मनाउन यो ठाउँमा गएका थिए शाहरुख खान

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

भारतीय अभिनेता शाहरुख र गौरी खानको जोडी निकै चर्चित जोडी हो । दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुले परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए । ८ अक्टुबर १९७० मा जन्मिएकी गौरी खानको बिहीबार जन्मदिन हो । गौरी ५० बर्षकी भएकी छन्।

सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो । शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए । उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यतिमात्र होइन, उनले विवाहपछि पनि गौरी एक झुट बोलेका थिए, उनले भर्खरै उक्त झुटको खुलासा पनि गरेका छन् ।

एक अवार्ड शोको क्रममा शाहरुख खानले आफ्नो हनिमूनको एक गोप्य कुरा शेयर गरेका थिए । गौरी र शाहरुखको बीचमा हनुमून पेरिस जाने सहमति भएको थियो तर शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमूनका लागि दार्जिलिङ लगेका थिए ।

शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *