युवतीलाई टेबुलमा बसालेर दाँतले उठाए यी युवकले, बनाए विश्व किर्तिमान
Published: (Updated: )
by .एजेन्सी । के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल १ धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ?
आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई टेबुलमा बस्न लगाएर उक्त टेबुललाई आफ्नो दाँतले टोकेर उठाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।
उनले सन् २००८ मा राखेको उक्त कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । जर्जेन क्रिस्टन नामका ती युवकले १२ किलो तौलको टेबुलमा एकजना ५० किलो तौलकी युवतीलाई बसालेर कूल ६२ किलो तौल आफ्नो दाँतले उठाइदिए ।
लक्जेम्बर्गका नागरिक रहेका जर्जेनले युवती बसेको टेबुललाई दाँतमा उठाएनन् मात्र दाँतमा अठ्याएर ११.८ मिटरसम्म हिँडेका थिए । ‘लो शो दि रेकर्ड’ भन्ने कार्यक्रममा उनले राखेको कीर्तिमानलाई गिनिज बुकले समेत समावेश गरेको थियो ।
Comments