स्वीकृतिविना प्रहरी पोशाकमा भिडियो बनाउनेलाई कारबाही गरिने
Published:
by .काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको पोशाक र दर्ज्यानी चिह्नको दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समय सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोका साथै टिकटक भिडियोमा समेत प्रहरीको पोशाकको प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी कारबाहीको चेतावनी दिएको हो ।
प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले जारी गरेको विज्ञप्तिमा प्रहरी पोशाक प्रयोग गर्नु पर्ने भए जनसम्पर्क तथा प्रचार-प्रसार इकाइबाट अनुमति लिनु पर्ने उल्लेख छ ।त्यसका लागि पोशाक प्रयोग गर्नु पर्ने प्रयोजन खुलाउनु पर्नेछ ।
Comments