Sajhamanch Archive

हल्दिबारीमा आत्मानन्द सेवालुङ माङहिम निर्माणका लागी समिति गठन

Published: (Updated: ) in लोकप्रिय, समाज by .

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं.१ मा आत्मानन्द सेवालुङ माङहिम (मन्दिर) निर्माणका  लागि विभिन्न समिति गठन भएका छन् ।

माङहिम निर्माणका लागि पूर्णबहादुर लिङदेनको अध्यक्षतामा ११ सदस्यीय मूल समिति गठन भएको हो । समितिको उपाध्यक्षमा प्रेममाया ईमबुङ सचिवमा गीता राई,कोषाध्यक्षमा टिका सिगु र सहसचिवमा भिष्म लिङदेन चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा नेत्रप्रसाद पौडेल, सोमनाथ सुबेदी, पुष्प चौधरी, कुमार गजमेर ,आशिक अव्दुल र तिलबहादुर सिगु रहेका छन् ।

यसैगरी टिका पौडेल संयोजक रहेको ७ जनाको सल्लाहकार समिति समेत निर्माण गरीएको छ । उक्त समितिमा डम्बर सिगु, टोलनाथ सुबेदी ,हर्क लिङदेन , डिल्ली सिं लिङदेन र सुरेश लिङदेन रहेका छन् । त्यस्तै बाबुराम पन्धाक संयोजक रहेको माङसेवा समितिमा तिलबहादुर सिगु, रोशन लिङदेन, मोहन लिङदेन , शान्ता काम्बाङ, गजेन्द्र लिङदेनलगायत सदस्य रहेका छन् ।

सोहि अवसरमा आत्मनन्द सेवालुङ मन्दिरका लागी स्थानीय समाजसेवी तथा माङहिम निर्माण मुल समिति अध्यक्ष पूर्णबहादुर लिङदेनले आफ्नो स्वर्गीय मातापिता बलबहादुर लिङदेन र कुमारीथुपु थेवेको नाममा २ कठ्ठा जग्गा प्रदान गरेको छन् । माङसेवा सावा बाबुराम पन्धाकको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गाउँपालिकाअध्यक्ष रबिन्द्र लिङदेनले अबको टोल–टोलमा हुने धार्मिक तथा पर्यटकीय विकास निर्माणदेखि सबै कामको अगुवाइ स्थानीयले गर्ने बताए ।

कार्यक्रम संयोजक तथा किरात धर्मगुरुका निजी चिकित्सक खगेन्द्र लिङदेनले औचित्यबारे प्रकाश पार्दै बिश्व शान्ति मानव एकता कायम गरौँ भन्ने मूल नारासहित किरात धर्मावलम्बिहरुको मात्र नभएर सवै धर्मानुरागीहरु मिलेर आफ्नो गाउँ ,समाजको सांस्कृतीक, धार्मिक पर्यटकिय बिकासमा धर्मको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।उनले बिश्वव्यापि रुपमै यस माङहिम व्यापाक बनाउने योजनामा लागी परेको बताए ।

यसैगरी हल्दिबारी गाउँपालिका वडा नं.१ का अध्यक्ष त्रिलोचन सापकोटाले माङहिम निर्माणमा सवैलाई कटिबद्ध रहि कार्य गर्न निर्देशन दिँदै यस कार्यमा वडा सँधै सहयोगका लागी तयार रहने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, बिर्तामोड नगरपालिका वडा नं.५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले स्वर्गीय ईण्डियन भुपू सैनीक बलबहादुर लिङदेनको लिङदेन बंशावलीमा छुटै योगदान रहेको बताउँदै २०२६ सालमा पहाडी भुभाग देखि तराई झर्ने क्रममा भुपू सैनिक प्रतिनिधीको नाताले दोरुम्बा गाउँपालीकाका बिभिन्न जातजातीहरुलाई झार्ने कार्य गर्नुभएको स्मरण गरे । उनको स्मृतिमा माङहिम निर्माणका लागी जग्गा प्रदान गरेर छोरा पूर्णबहादुर लिङदेनले गर्नुभएको हालको योगदान पनि उल्लेखनिय रहेको बताए ।

हल्दिबारीका जनप्रतिनीधि पदम राई, समाजसेवी गोपाल प्रसाद चुँडाल टंकिनाथ योङहाङ लगायतको आतीथ्य रहेको कार्यक्रमको सञ्चालन भिष्म लिङदेनले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *