Sajhamanch Archive

प्रदेश १ मा थपिए ४११ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा ४११ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो।

मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुष छन् । मोरङको रंगेलीमा ४ महिला ८ पुरुष, बेलबारीमा ३ महिला ६ पुरुष, उर्लाबारीमा ३ महिला, ५ पुरुष, बुढीगंगामा २ महिला, ५ पुरुष, लेटाङमा ५ महिला २ पुरुष, सुन्दरहरैचामा ३ महिला २ पुरुष, कटहरीमा २ महिला ३ पुरुष, धनपालथानमा ४ महिला २ पुरुष, केराबारीमा ३ पुरुष, पथरीशनिश्चरेमा १ महिला २ पुरुष, कानेपोखरीमा १ महिला १ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदामा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

उता सुनसरीको इटहरीमा २८ महिला ४० पुरुष, धरानमा २४ महिला २८ पुरुष, दुहवीमा २ महिला १० पुरुष, रामधुनीमा ६ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, गढीमा २ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला २ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बर्जु र देवानगञ्जमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको मेचीनगरमा ४ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ७ पुरुष, दमकमा ५ महिला १ पुरुष, विर्तामोडमा १ महिला ३ पुरुष, हल्दिबारी, अर्जुनधारा र बाह्रदशीमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, उदयपुरको बेलकामा ४ महिला ७ पुरुष, त्रियुगामा ३ महिला, चौदण्डीगढीमा १ महिला १ पुरुष, उदयपुर गढीमा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला १ पुरुष छन्।

भोजपुरमा २ पुरुष, इलामको माईमा १ पुरुष, सन्दकपुरमा १ महिला, ताप्लेजुङको पुङलिङमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ पुरुष, तेह्रथुममा १ पुरुष, संखुवासभाको चैनपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितका संख्या ८ हजार ८५७ पुगेको छ।

प्रदेश १ मा विहीबार ४५८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४२१, जिल्ला अस्पताल संखुवासभामा २१, विरा मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ६६२ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *