Sajhamanch Archive

‘बालबालिका र शिक्षा’ अब मोरङको रेडियो रिदमबाट पनि

Published: (Updated: ) in लोकप्रिय, शिक्षा, समाज by .

बिर्तामोड । कोरोना महामारीका कारण विद्यालय बन्द भएका बेला पनि बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले प्रसारण हुँदै आएको रेडियो कार्यक्रम बालबालिका र शिक्षा मोरङको रेडियो रिदमबाट पनि प्रसारण हुने भएको छ ।

मोरङको पथरीबाट प्रसारित रेडियो रिदम ९९.७ मेघाहर्जबाट शुक्रबार बेलुकी ७ः३० र पुनः प्रसारण शनिबार बिहान ९ः३० बजे प्रसारण हुने रेडियो रिदमका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए ।

हाल झापाको रेडियो आँगन एफएम ८९.६ मेगाहर्ज र इलामको रेडियो फिक्कल ९०.६ मेगाहर्जबाट पनि कार्यक्रम प्रसारण हुदै आएको छ । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको कार्यक्रम निर्देशक सरोज पौडेलले बताए ।

ग्लोरी इंग्लिस स्कुल बिर्तामोड, फक्तालुङ्ग एजुकेसन फाउन्डेसन कनकाई, वेल्स मोडल स्कुल बिर्तामोड, दुर्गा माध्यमिक विद्यालय बिर्तामोड र वीर अमर सिंह प्राविधिक विद्यालय बिर्तामोडसँगको सहकार्यमा कार्यक्रम उत्पादन हुदै आएको छ ।

कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको बिकास र अपन्त्व महसुस हुने विद्यालय संचालकहरुको भनाइ रहेको छ । साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । यस्तै कोरोना महामारिका कारण सिर्जित विषम परिस्थितिको समयलाई कसरी सदुपयोग गर्ने र यस कार्यक्रमबाट बालबालिकामा सकारात्मक सन्देश जाने भएकाले कार्यक्रम प्रसारण गर्न लागिएको रेडियो रिदमका कार्यक्रम संयोजक सरोज निरौलाले जानकारी दिए ।

संचारकर्मीहरु पुष्पा लिम्बु, चेतन लामिछाने, सञ्जु शिवाकोटी लगायतको टिमले सञ्चालन गर्ने कार्यक्रममा बालबालिका, अविभावक तथा शिक्षकको आवाज समेत समेटिने छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका व्यक्तिहरुको सफलताको कथा उनीहरुकै आवाजमा ‘मेरो कथा’ स्तम्भ मार्फत प्रस्तुत गरिन्छ । शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने आँगन एफएमकी समाचार संयोजक पुष्पा लिम्बुले बताईन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *