Sajhamanch Archive

हाम्रा प्रणालीलाई भ्रष्टाचारहित बनाउँदै छौं : प्रधानमन्त्री ओली

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य प्रणालीलाई भ्रष्टाचाररहित बनाउन प्रयास भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शोषणरहित प्रजातन्त्रको बाटो समातेको बताएका हुन् ।

“हामीले कम्प्रेहेन्सिभ डेमोक्रेसीको बाटो समातेका छौं । भ्रष्टाचाररहित, सुशासनको बाटो समातेका छौं,” प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, “विकासको बाटो हामीले समातेका छौं । विकासमा प्रयासहरूमार्फत् समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा, यो सबै नेपालीहरूको आकांक्षा हो ।”

समृद्ध नेपाल, सुखी नेपाली परिकल्पनामात्र नभई आकांक्षा र मुलुकको उद्देश्य भएको दोहोर्‍याए ।

“यसका लागि हामीले तीव्र आर्थिक वृद्धिदर चाहिन्छ । दुर्भाग्यवश यतिबेला कोभिडका कारणले हाम्रो आर्थिक वृद्धिदरमा गम्भीर धक्का लागेको छ,” प्रधानमन्त्रीले भने, “कतिपय बलिया अर्थतन्त्रभन्दा हामी प्लसको स्थितिमा छौं । शून्यको स्थितिमा छैनौं । माइनसमा जाने सम्भावना छैन ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *