Sajhamanch Archive

मेची अस्पतालको ओपिडी सेवा बन्द

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरका तीनजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भए पछि ओपिडी सेवा बन्द भएको छ ।

अस्पतालका एकजना फिँजिसिएन, एकजना रेडियोलोजिस्ट र एकजना मेडिकल अफिसरमा शुक्रबार पीसीआर परीक्षणमा पोजेटिभ देखिएको हो । केही दिनअघि अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलमा कोरोना पुष्टि भएसँगै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पीताम्बर ठाकुर र केही चिकित्सक तथा कर्मचारी होम क्वारेनटिन तथा होटेल क्वारन्टिनमा बसेका छन् ।

जनशक्ति कम भएपछि हाल अस्पतालको इमर्जेन्सी सेवा मात्र सञ्चालनमा रहेको मेडिकल अफिसर डाक्टर लोचनबाबु सन्जेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *