Sajhamanch Archive

दिल्ली शीर्षस्थानमा उक्लियो

Published: in खेलकुद by .

एजेन्सी । यूएईमा जारी १३ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

सारजाहाँ क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले निर्धारित १९ ओभर ४ बलमा सम्पुर्ण विकेट गमाउँदै १३८ रन बनाएको हो ।

राजस्थानका लागि राहुल तेवातीयाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै यजवसी जैसवालले ३४ रन बनाउँदा स्टिभ स्मिथले २४ तथा जोस बट्लरले १३ रन बनाए । बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिन सफल भए । रविचन्द्र आश्विन र कुस स्टाइनिसले समान दुई -दुई विकेट लिए । दिल्लीका लागि एनिज नोर्टेन, हर्सल पटेल र अक्षर पटेलले एक- एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । दिल्लीका लागि सिमरन हेटमायरले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै मार्कुस स्टोइनिसले ३९ रन बनाउँदा कप्तान श्रेयस अ‍ैरले २२ रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि जोर्फा आर्चरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कार्तिक त्यागी, आन्द्रे टोए र राहुल तेवातियाले समान एक–एक विकेट लिए । शुक्रबारको खेलमा जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *