Sajhamanch Archive

थप ५ हजार ०८ जनामा कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३२० जनाको परीक्षणमा ५००८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६८४ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२९ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *