Sajhamanch Archive

सामूहिक अभियान नेपालको दोश्रो साधारण सभा सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा अवस्थित सामूहिक अभियान नेपालको दोश्रो साधारण सभा आज सम्पन्न भएको छ ।

अभियानका अध्यक्ष सूर्यप्रकाश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य रहेका थिए ।

मेचीनगर नगरपालिका वडा नं.१२ र अर्जुनधारा नगरपालिका वडा नं.१० वरपपिल चोक आसपासमा रहेको सत्सङ्ग शान्ति किर्तन मण्डलीले सामाजिक र सांस्कृतिक लगायत यस क्षेत्रमा चौतर्फी विकासका लागि विभिन्न क्रियाकलाप सञ्चालनार्थ एक सामुदायिक भवनको आवश्यकता महसुस गरी २०७५ साल फाल्गुन महिनामा स्थानीयहरुको भेलाले एक गैर सरकारी सामाजिक संस्थाको स्थापना गरिएको अभियानका अध्यक्ष सापकोटाले बताए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरप्रमुख आचार्य,नगर उपप्रमुख मिना पोखरेल उपे्रती,मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमाल,अर्जुनधारा नगरपालिका वडा नं.१० का वडाध्यक्ष बलदेव तामाङ,समाजसेवी छत्रबहादुर विष्ट,सुनौलो कृषि सहकारीका अध्यक्ष याम बराल,सरस्वति बाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यपक शुक्रराज घिमिरे, सुदर्शन बराल लगायतले आ-आफना धारणा राखेका थिए ।

उक्त कार्यक्रममा अभियानका उपाध्यक्ष भुपेन्द्र न्यौपानेले धन्यवाद मन्तव्य राख्दै हरेक क्षेत्रबाट साथ र सहयोगको अपेक्षा राखेका थिए ।

अभियानका वरिष्ठ उपाध्यक्ष प्रेम नेम्बाङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव टंककुमार रिजालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *