Sajhamanch Archive

काेराेना संक्रमणबाट वडाध्यक्षकाे मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

चितवन । कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका वडा नं.२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए ।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियो ।

फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई भरतपुर अस्पताल ल्याइएको थियो । मधुमेह, उच्च रक्तचापको समस्या भएका उनमा अक्सिजनको मात्रा ४० मा झरेपछि सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको डा. पौडेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *