शिवसताक्षीको दूधेमा एनएमसी सहकारी पसलको उद्घाटन
Published:
by .शिवसताक्षी । नेपाल बहुदेश्यीय सहकारी संस्थाले झापाको दूधेमा आजदेखि सहकारी पसलको औपचारीक रुपमा सञ्चालन ल्याएको छ ।
शिवसताक्षीको न.पा. ११ स्थित दूधेबजारमा आफ्ना सदस्यहरुलाई सुपथ मूल्यमा सामान पाउने गरी सहकारी पसल सञ्चालनमा ल्याएको हो ।
सहकारी पसलको शिवसताक्षी नगरप्रमुख चन्द्रकुमार शेर्मा, नेपाल बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।
उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख चन्द्रकुमार सेर्माले उपभोक्ताहरुलाई सर्व सुलभ तरिकाले कारोबार गर्न सुझाएका छन् । उनले नगरमा यस्ता ठूला पसलहरु सञ्चालनमा आउँदा नगरको गरिमा उच्च राख्न भुमिका खेल्ने बताए । कतिपय राष्ट्रिय संकटबेला व्यावसायीहरुले बजारमा कृतिम अभाव सृजना गरी मूल्या बढाएर व्यापार व्यवसाय गर्ने र उपभोक्ताहरुलाई अन्यायमा पार्ने काम हुन्छ त्यस्ता कामहरुलाई यस सुलभ सहकारी पसलल नियन्त्रण गर्ने उनको भनाई थियो ।
सहकारीले झापामा छैटौ पसलका रुपमा सञ्चालन गरिएको नेपाल बहुदेश्यीय सहकारीले जनाएको छ । यसले सदस्य र समुदायको आयमा बृद्धि र उपभोक्ताले सर्व सुलभ मूल्यमा सामान किन्न पाउने सहकारीले जनाएको छ ।
पसलमा भएका समानहरु सुपथ मूल्य किन्ने र उपभोक्ताहरुले उत्पादन गरेका राम्रा र गुणस्तरीय सामान सहकारील खरिद एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । हाल सहकारीले बैंकिङ्गको क्षेत्रमा उलेख्य प्रगति गर्दै अन्य कृषि उत्पादन र विक्री गर्न पनि सहकारी अगाडी रहेको अध्यक्षले उप्रेतीले बताए । कोभिडको कारणले विभिन्न क्षेत्र प्रभावित बेलामा पनि एनएमसी डेरीलाई ३५ सय किसानले उत्पादन गरेको दुध जन्य पदार्थहरु बेच्न पाउनु भएको छ । कृषिको क्षेत्रमा १६ विगाह जग्गा संस्थाले खरिद गरी कृषि उत्पादनहरु सुरु गरेको सहकारीका अध्यक्ष उप्रेतीले जानकारी दिए । केही समय पश्चात एनएमसीले आफ्नै ब्राण्डमा चिया उत्पादन गरी सुपथ मूल्यमा विक्री वितरण समेत अध्यक्ष उप्रेतीको भनाई थियो ।
तत्काल खुदुनाबारी, गौरीगञ्जमा पनि पसल सञ्चालनमा ल्याउने एनएमसीले तयारी गरेकोे छ । मंसिर सम्ममा विर्तामोडका तीन स्थानमा र यो आर्थिक वर्ष भित्र जम्मा १३ ओटा सुपथ मूल्यको पसल सञ्चालन आउने एनएमसी सहकारीले जनाएको छ ।
कार्यक्रममा संस्थाका कार्यालय सदस्य तथा एनएमसी सहकारी पसल समिति संयोजक भगवती घिमिरेले शुभकाना मन्तव्य राखेकी थिइन् । एनएमसी सञ्चालक समिति सदस्य तथा क्षेत्रीय समिति संयोजक दुर्गाप्रसाद भट्टराईको अध्यक्षतमा भएको कार्यक्रमको स्वागत सेवा केन्द्र दूधेका संयोजक गुरुप्रसाद पाठकले गरेका थिए । कार्यक्रमको सञ्चालन दूधे सेवाकेन्द्रका प्रमुख कमल कट्टेलले गरेका थिए ।
Comments