Sajhamanch Archive

मेचीनगर १३ का विपन्न परिवारलाई वडा कार्यालयबाट खाद्यान्न राहत

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ ले गरिब, विपन्न तथा मजदूरलाई खाद्यान्न वितरण गर्न थालेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरको कारणले रोजगार विहीन भएर बिहान बेलुका हातमुख जोड्न गाह्रो भएका विपन्न नागरिकहरुलाई खाद्यान्न वितरण थालिएको हो । संघारमा रहेको दशैं, तिहारजस्ता मुख्य चाडपर्वलाई लक्षित गरेर खाद्यान्न वितरण गरेको वडा अध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिएका छन् ।

वडा कार्यालयले स्थापना गरेको राहात कोष मार्फत उनीहरुलाई खाद्यान्न वितरण गरिएको उनको भनाई छ । वडाले गरिब तथा विपन्न परिवारको तथ्याङ्क संकलन गरी उनीहरुलाई चामल, नून वितरण गरेको हो ।

गत असोज दोश्रो साताबाट पहिलो चरणको राहत वितरण सुरु गरेको वडाले अहिलेसम्म ४०० परिवारलाई राहत वितरण गरेको र अब करिव २५० परिवारलाई राहत वितरण गर्न बाँकी रहेको वडाध्यक्ष सिग्देलले बताए ।

कोरोनाका कारणले गर्दा समस्यामा परेका नागरिकलाई केही भएपनि मल्हम पट्टीको काम होस् भन्ने उद्देश्यले राहात वितरण गरेका हौं । चाँडो गरेर दशैँ अघि नै दोश्रो चरणको राहत पनि वितरण गर्ने योजनामा छौँ वडाध्यक्ष सिग्देलको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *