Sajhamanch Archive

कोरोना नियन्त्रणमा नआएपछि फ्रान्सका ९ वटा शहरमा कफ्र्यू

Published: in विश्व समाचार, स्वास्थ्य by .

फ्रान्सले कोरोना संक्रमण दर उच्च हुँदै गएपछि स्वास्थ्य आपतकाल लागू गर्दै राजधानी पेरिससहित ९ वटा शहरमा ४ साताका लागि कफ्र्यू आदेश जारी गरिएको छ । फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले टेलिभिजन सन्देशमार्फत राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि कफ्र्युृ आदेश जारी गरिएको जानकारी दिए।

सन्देशमा उनले कफ्र्यूको समयमा कोही पनि ब्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गर्दै कोरानाको कहरका बीच लागू गरिएको कफ्र्यु आदेशलाई अक्षरश पालना गर्न आम नागरिकलाई अपील समेत गरे ।

साथै उनले हाललाई ४ साताका लागि लगाइएको कफ्र्र्यू ६ साता सम्म लम्ब्याउने संकेत समेत गरे । कोराना महामारीको दर दिनप्रतिदिन बढ्दै गएकाले कफ्र्यू लगाउन बाध्य भएको जानकारी राष्ट्रपति म्याक्रोनले दिएका छन् ।

यसैबीच युरोपका अधिकांश राष्ट्रहरुले कोरोना संक्रमण नियन्त्रणका लागि प्रतिबन्धहरु लगाउन थालेका छन् । बेलायतमा हिजोबाट लागू हुने गरी तीन तहको प्रतिबन्ध लागू गरिएको छ ।

बेलायतमा रुल अफ सिक्स लागू गरिएको छ । जसअनुसार घर बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइने, रेष्टुराँ र बार तथा पबहरु राति १० बजेपछि बन्द गर्नुपर्ने नियम लागू गरिएको छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *