Sajhamanch Archive

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

विश्वमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ ।

विश्वमा दिन प्रतिदिन मृत्यु हुने संक्रमित बढिरहँदा ज्यान गुमाउनेको संख्या ११ लाखबाट उकालो लागेको हो । एकै दिन छ हजार एक जनाको ज्यान गएसँगै मृत्यु हुने संक्रमितको संख्या ११ लाख दुई हजार तीन सय १९ पुगेको छ । विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ९२ हजार नौ सय ९९ नयाँ बिरामी थपिएका छन् । हालसम्म संक्रमित संख्या तीन करोड ९१ लाख ४६ हजार सात सय २४ पुगेको छ । संक्रमितमध्ये दुई करोड ९३ लाख ५५ हजार आठ सय २४ जना उपचारपछि घर फर्किएका छन् । ८६ लाख ८८ हजार पाँच सय ८१ जना उपचाररत रहेकोमा ७० हजार आठ सय ६४ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख २२ हजार छ सय ८९ संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन आठ सय ४६ जनाले ज्यान गुमाए । पछिल्लो २४ घण्टामा ६४ हजार तीन सय १२ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म संक्रमित संख्या ८२ लाख १४ हजार चार सय ९८ पुगेको छ । ५३ लाख ११ हजार पाँच सय ४७ जना उपचारपछि घर फर्किएका छन् । २६ लाख ८० हजार दुई सय ६२ जना उपचाररत रहेकोमा १५ हजार दुई सय ३७ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा हालसम्म एक लाख १२ हजार एक सय ४४ जना संक्रमितको मृत्यु भइसकेको छ । कोरोना पुष्टि भएका आठ सय ३३ जनाको पछिल्लो २४ घण्टाभित्र मृत्यु भयो । एकै दिन ६० हजार तीन सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाबाट प्रभावित हुने मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा हालसम्म संक्रमित संख्या ७३ लाख ६५ हजार चार सय ३५ पुगेको छ । ६४ लाख ४८ हजार पाँच सय ४५ जना उपचारपछि घर फर्किएका छन् । आठ लाख चार हजार सात सय ४६ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा संक्रमणका कारण एक लाख ५२ हजार पाँच सय १३ जनाको ज्यान गइसकेको छ । एकै दिन सात सय ३४ जनाको मृत्यु भयो । २९ हजार चार सय ९८ नयाँ बिरामी थपिएका छन् ।

हालसम्म संक्रमित संख्या ५१ लाख ७० हजार नौ सय ९६ पुगेको छ । संक्रमितमध्ये ४५ लाख ९९ हजार चार सय ४६ जनाको उपचार सम्भव भएको छ । चार लाख १९ हजार ३७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *