Sajhamanch Archive

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by .

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मा सात दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

वडा स्तरीय युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं.१० को आर्थिक सहयोगमा असोज २५ गतेबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

पञ्चकन्या धाम सेवा समिति अर्जुनधारा नगरपालिका वडा नं.१० चुथाईको सभाहलमा आयोजित तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियोे ।

उक्त तालिमको सहजीकरण विचार चौतारी युवा क्लबका अध्यक्ष तथा सञ्चारकर्मी हरिकृष्ण भण्डारी र आँगन एफ.एमका कार्यक्रम प्रस्तोता अच्युत सुवेदीले गरेका थिए ।

सो तालिममा प्रशिक्षार्थीहरुलाई कुन कार्यक्रममा कसरी उद्घोषण गर्ने, कसरी सुमधुर बोल्ने,आत्मबल कसरी बढाउने, डरको व्यवस्थापन र भाषणकला लगायतका विषयमा प्रशिक्षण गराइएको थियो ।

उक्त तालिम समापान समारोहमा प्रशिक्षार्थी अम्बिका ढुङ्गेल, सरिता बराल,वर्षा धमला,निशा पराजुली,बिमला तामाङ लगायतले आ-आफ्नो सात दिने सिकाइ मन्तव्य राखेका थिए ।

युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० का संयोजक केशव सन्जेलको अध्यक्षतामा भएको तालिम समापन समारोहको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका नगरप्रमुख हरिकुमार राना रहेका थिए ।

उक्त तालिम समापन समारोहमा प्रमुख अतिथि राना, अर्जुनधारा नगरपालिका वडा नं.१० का वडाध्यक्ष बलदेवसिंह गोम्देन तामाङ,पञ्चकन्या धाम सेवा समितिका अध्यक्ष केदारनाथ ढुङगेल,अर्जुनधारा नगरपालिका वडा नं.१० का वडा सदस्य सकुन्तला बराल,पत्रकार उमेश खतिवडा,तालिमका प्रशिक्षक अच्युत सुवेदी लगायतले आ-आफना धारणा राखेका थिए।

युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० का सदस्य सुस्मा घिमिरेले मन्तव्यबाट स्वागत गरेको समापान समारोहको सञ्चालन प्रशिक्षार्थी टिका ढुङ्गेलले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *