Sajhamanch Archive

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

Published: in गीत/संगीत/मनोरञ्जन by .

एजेन्सी । बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन् ।

तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी थिइन् । करीना उनका पूर्वप्रेमी शाहिद कपूरसँग थुप्रै वर्ष सम्बन्धमा रहेर छुट्टिएकी थिइन् । शाहिदसँग ब्रेकअप भएपछि करीनालाई सैफले फिल्म सुटिङको क्रममा प्रपोज गरेका थिए तर करीनाले सैफलाई अस्वीकार गरिदिइन् ।

फेरि करीना बिदा मनाउन गएको समयमा सैफले विवाहको लागि प्रस्ताव राखे । पहिलो र दोस्रो पटक करीनाले अस्वीकार गरिन् तर तेस्रोपटक पेरिसको नोटरड्याम चर्चमा गएर सैफले प्रस्ताव राखे र करीनाले स्वीकार गरिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *