Sajhamanch Archive

गेटाफेसँग बार्सिलोना स्तब्ध

Published: in खेलकुद by .

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना गेटाफेसँग पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई जित दिलाउन जिमे माटाले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको गेटाफेले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो ।

खेलको ५६ औं मिनेटमा माटाले पेनाल्टीमार्फत गरेको गोलले नै गेटाफेलाई जित दिलाउन पर्याप्त बन्यो । जितसँगै गेटाफे अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लिगमा पाँच खेल खेलेको गेटाफे १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित बार्सिलोनाको ७ अंक रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *