Sajhamanch Archive

हल्दिबारीमा ५३ जनाले गरे रगत दान

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by .

बिर्तामोड । झापाको हल्दिबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेबिसंघ हल्दिबारी गाउँपालिका वडा नं.१ को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी भद्रपुरको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रगत दान गरेको नेबिसंघका झापा जिल्ला सञ्चार विभाग प्रमुख गोकुल पौडेलले जानकारी दिए ।

नेबिसंघ हल्दिबारी गाउँपालिका वडा नंं.१ का सभापती करन कटुवालको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य ओम सरावगी रहेका थिए ।

उक्त रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला,क्षेत्र, गाउँपालिकाका अग्रज नेता गण साथै जनप्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि, नेबिसंघ झापाका नेता लगायतको उपस्थिती रहेको थियो ।

सो रक्तदान कार्यक्रमको सञ्चालन नेबिसंघ हल्दिबारी गाउँपालिका वडा नं.१का सचिव किशोर ढुङगेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *