Sajhamanch Archive

एनएमसीले दियो मृतकका परिवारलाई ७५ हजार राहत

Published: (Updated: ) in समाज, सहकारी by .

विर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड (एनएमसी)ले सदस्य परिवारलाई राहत रकमसहित समवेदना प्रदान गरेको छ ।

कनकाइ नगरपालिकास्थित घैलाडुब्बा बजार शाखा कार्यालयले आफ्ना शेयर सदस्य घैलाडुब्बा वडा नं. ९ निवासी कल्याण राजवंशीका परिवारलाई नगद ७५ हजार राहत आज प्रदान गरेको हो ।

कनकाइ नगरपालिका वडा नं. ९ स्थित घैलाडुब्बामा रहेको आदर्श माध्यमिक बिध्यालयका कर्मचारी तथा व्यवसायीसमेत रहेका राजवशीको गत असोज १० गते ४३ बर्षको अल्पआयुमा निधन भएको थियो । मृतक राजवशीका १ छोरा १ छोरी, श्रीमती ,आमा र दाइ रहेका छ्न । कमजोर आर्थिक स्थिति भएका राजवशी परिवारलाई सस्थाले प्रदान गरेको रकमले व्यबहार चलाउन थोरै भए पनि सहायता गरेको राजवशीकि श्रीमती शाहाबानीले बताएकी छन।

कार्यक्रममा घैलाडुब्बा कार्यालयगत उपसमितिका सयोजक गणेशप्रसाद उप्रेती, सदस्य नरमान श्रेष्ठ, सस्थाका कर्मचारी कृष्णप्रसाद उप्रेती, बिनिता भण्डारी सुवेदी, १३ नम्बर इकाइ सयोजक रुद्रबहादुर बोहोरा, १४ नम्बर सयोजक भिमबहादुर बुढाथोकी, १५ नम्बर सयोजक खगेन्द्र प्रसाद पाण्डे, १६ नम्बर सयोजक लेखनाथ दहाल लगायतको उपस्थित रहेको कार्यक्रमको सचालन उपसमितिका सदस्य नरमान श्रेष्ठले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *