Sajhamanch Archive

बाहुनडाँगीमा सर्पदंश उपचार सम्बन्धी प्रशिक्षण

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । समुदायमा आधारित सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण आज बाहुनडाँगीमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं.२ को सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो ।

कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा सर्पको डसाईबाट बच्ने उपाय र सर्पले डस्दा गरिने प्राथमिक उपचारका बारेमा नेपाल रेडक्रस सोसाइटी कनकाई सहारा सर्पदंश उपचार केन्द्र कोटीहोमका इन्चार्ज अभिशेक पोख्रेलले सहजीकरण गरेका थिए ।

आयोजक संस्थाका सभापति घनश्याम दाहालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.२ का वडाध्यक्ष तिलक न्यौपाने रहेका थिए ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, झापा शाखाका उपमन्त्री विश्व थापा, मेचीनगर नगरपालिका वडा नं.१ का वडाध्यक्ष पासाङ्ग तामाङ, रेडक्रस बाहुनडाँगी उपशाखाका पूर्व सभापति नारद काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

आयोजक संस्थाका सह कोषाध्यक्ष कमल तामाङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बिपन प्रधानले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *