Sajhamanch Archive

‘अमेरिकाको निर्वाचनप्रति चासो छैन’

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुको बीचमा चीनलाई कसरी हेर्ने भन्ने सम्बन्धमा बहस भइरहेका बेला चीनले भने आफूलाई उक्त चुनावप्रति कुनै चासो नरहेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाको निर्वाचन सम्बन्धमा सोधिएको प्रश्नको उत्तर दिदै मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘तपाईले आज आकाश कति निलो छ भन्ने याद गर्नु भयो कि भएन मलाई थाहा छैन ।

हामीलाई अमेरिकी चुनावप्रति कुनै चासो छैन । हामी आश गर्छौं कि उनीहरु (राष्ट्रपतिका उम्मेदवार) ले चीनलाई चुनावी एजेण्डा बनाउन छोड्नेछन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *