Sajhamanch Archive

लाओसमा बाँध भत्किदा ३६ को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

लाओस । लाओसका सैनिक र सिङ्गापुरबाट आएका उद्धारकर्ताहरुले दक्षिण लाओसमा बाँध भत्किएर बेपत्ता भएका ९८ व्यक्तिको लगातार खोजी कार्य जारी राखेका छन् ।

उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय दैनिक पत्रिका भिएन्टिन टाइम्सले  पुष्टि गरेको छ ।

लाओस पिपुल्स आर्मीका उपनिर्देशक फालोम लिन्थोङले शनिबार एक तीन वर्षीया बालिकासहित ३६ व्यक्तिको शव हिन्लाथ गाउँमा भेटिएको बताएका छन् । घाइते भएका तीन व्यक्तिको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

उद्धारकर्ता र सैनिकको टोलीलाई उद्धार कार्यका लागि अन्य उपकरणको आवश्यकता भएको ब्रिगेडियर जनरल फालोमले सञ्चार माध्यमलाई  जानकारी दिए।

करिब ५८५ सैनिक र सिंगापुरका १७ जना उद्धारकर्ताहरुले लगातार बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेका छन् । तर पानी सहितको बाक्लो लेदो माटोको कारण उद्धारकार्यमा कठिनाइ भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *