Sajhamanch Archive

कोरोना महामारीकाबीच बिहारमा मतदान शुरू

Published: in विश्व समाचार by .

एजेन्सी । कोरोना भाइरसको महामारीकाबीच भारतको बिहारमा आज विधानसभाको निर्वाचन शुरु भएको छ । २ सय ४३ सिट रहेको विधानसभाका लागि आज पहिलो चरणको मतदान शुरु भएको हो।

पहिलो चरणको निर्वाचनमा ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुने छ। जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा छन्। त्यस्तै लालु यादवका छोरा तेजस्वी यादव राष्ट्रिय जनता दलबाट मुख्यमन्त्री पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

कोरोना संक्रमणबाट जोगिनकै लागि मतदान केन्द्रमा बेला-बेलामा स्यानिटाइज (निर्मलीकरण) गरेर मतदातालाई आश्वास्त पारिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *