Sajhamanch Archive

रोमानियामा पाँच सय नेपालीलाई कोरोना संक्रमण, दुई दर्जनको अवस्था गम्भिर

Published: in विश्व समाचार, स्वास्थ्य by .

पेरिस  । युरोपेली मुलुक रोमानियामा करीब पाँच सय नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । संक्रमितमध्ये दुई दर्जनको अवस्था गम्भीर छ । केही नेपाली उपचारपछि फर्किएका तथा करिब डेढ सय नेपालीहरू घरैमा आइसोलेसनमा छन् ।

रोमानियाका अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएपछि उनीहरू आफ्नै घरमा बस्न बाध्य भएका हुन् ।

रोमानियाको राजधानी बुखारेस्टका अधिकांश अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएका छन् । रोमानियाका लागि नेपाली वाणिज्यदूत नवराज पोखरेलले तोताल अटो सर्भिस कम्पनीमा कार्यरत ४२ नेपालीमध्ये सबैमा भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

ती बाहेक सुसी रेस्टुरेन्ट, भवन निर्माणलगायत क्षेत्रमा काम गर्ने नेपालीमा कोभिड–१९ देखिएको पोखरेलले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *