Sajhamanch Archive

झापामा १४ महिलासहित थप ३१ जनामा कोरोना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा झापामा थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १४ महिला र १७ जना पुरुष छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार कनकाईमा ६ महिला र २ पुरुष गरी ८ जना, बिर्तामोडमा १ महिला र ५ पुरुष गरी ६ जना, दमकमा २ महिला र ४ पुरुष गरी ६ जना, मेचीनगरमा २ महिला, २ पुरुष गरी ४ जना, भद्रपुरमा १ महिला र २ पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बुद्धशान्तिमा २ महिला, शिवसताक्षी र हल्दिबारीमा १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ल स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टाभित्र झापामा कोरोना संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बिर्तामोड र गौरीगञ्जका रहेका छन् । मृत्यु हुने सबै पुरुष छन् ।बिर्तामोड ५ र ७ नम्बर वडाका ६५ र ६९ वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको छ ।

त्यस्तै, गौरीगञ्ज ६ का ७३ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *