कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु
Published:
by .काठमाडौं । चितवनमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुईजना चितवनका र एक जना नवलपुरका छन् । भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष रहेका छन् ।श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको उपचारको क्रममा गएराति निधन भएको हो ।
यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् । कात्तिक १३ गते कोभिड पुष्टि भएका ती पुरुषको पनि उपचारका क्रममा गएराति नै निधन भएको हो ।यसैगरी नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै भरतपुर अस्पतालमा एक जना धादिङ र एक जना चितवनका गरी दुई जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
Comments