Sajhamanch Archive

बेलायती राजकुमार विलियम ७ महिना पहिले कोरोना सङक्रमित भएको खुलासा

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाण्डौ । बेलायती राजकुमार विलियम गएको ७ महिना पहिले अर्थात् अप्रिलमा कोरोना भाइरसबाट सङक्रमित भएको खुलेको छ ।

प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट सङक्रमित भएकै बेला प्रिन्स विलियम पनि सङक्रमित भएको बीबीसीको खबरमा उल्लेख छ । ३८ वर्षका राजकुमारले आफ्नो सङक्रमणबारे थप चिन्ता नबढोस् भनेर गोप्य राखेका द सन पत्रिकालाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।

प्रिन्स विलियमको कार्यालय केन्जिङ्गटन प्यालेसले यसबारे थप टिप्पणी गर्न अस्वीकार गरेको छ । उनको उपचार राजदरबारका डाक्टरले गरेका र त्यस क्रममा सरकारी नियमको पालना तथा आइसोलेशनमा बसेको उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *