Sajhamanch Archive

गौरीगञ्ज गाउँपालिकामा पुनः आंशिक लकडाउन, दिनमा ४ घण्टा मात्र पसल खुल्ला गर्न पाइने

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by .

गौरीगंज । कोरोना भाइरसको संक्रमण तिब्र बन्दै गएपछि गौरीगञ्ज गाउँपालिकाले पुनः आशिंक लकडाउन गर्ने निर्णय गरेको छ । गौरीगञ्ज गाउँपालिकाको सीसीएमसीको वैठकले मंसिर ६ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुले संक्रमितहरु आइसोलेसनमा रहेकाहरु तथा मृतकहरुको लगत अनिवार्य रुपमा राख्नु पर्ने ।

गाउँपालिकामा पर्ने अन्तर्राष्ट्रिय खुला सिमानावाट हुने आवतजावत तथा ओसारपोसारलाई पूर्ण रुपमा बन्द गर्ने । तर मानविय उद्दार गनुपर्ने अवस्था आइपरेमा गा.पा. तथा सुरक्षा निकायको समन्वयमा उद्दार गर्ने निर्णय गरेको छ ।

नेपालीहरु महान चाड दिपावली खेलिने देउसी भैलो तथा छैठमा हुने भिडभाड कम गर्नका लागि देउसी भैलो खेल्न नदिने र जलासयहरुमा हुने भिडभाड कम गर्ने गराउने । साथै चाडपर्वको समयमा हुने मेला जात्रा लाई पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय भएको गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले जनाकारी दिए ।

त्यस्तै गाउँपालिका भरिका सम्पूर्ण साप्ताहिक हाट बजार तथा गुद्रि बजारहरु पूर्ण रुपले बन्द गर्ने । सटहरमा रहेका पसलहरु औषधि पसल, दुध डेरी, कृषि सामाग्री, पशु औषधि पसलहरु देखि बाहेक अन्य पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि २ बजे सम्म मात्र खोल्न दिने र पसलमा व्यक्तिगत सुरक्षा सामाग्री तथा विश्वव्यापी सुरक्षा मापदण्डहरु अपनाउनै पर्ने बाध्यकारी नियम पालन गराउने गरेर मात्र व्यवसाय सञ्चालन गर्ने पालिकाको निर्णय छ ।

पालिका भित्रका सरकारी तथा गैरसरकारी बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि २ बजेसम्म मात्र सञ्चालन हुने छन् ।

नागरिकको कामका लागि वडा नं. १ र २ को कार्यालय आइतबार र सोमबार, ३ र ४ को कार्यालय विहीबार र शुक्रबार र ५ र ६ को कार्यालय मंगलबार र बुधबारमात्र खुल्ला हुने गाउँपालिकाले जनाएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *