Sajhamanch Archive

एक्सनएड नेपालद्वारा व्यक्तिगत सुरक्षा सामग्री सहयोग

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । एक्सनएड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई साढे एक करोड बढीको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई ) सहयोग गरेको छ ।

संस्थाकी कार्यकारी निर्देशक सुजिता माथेमाले १ करोड ६२ लाख ४३ हजार ३ सय ४३ रुपैयाँको ९ हजार ४५७ थान सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मंगलबार हस्तान्तरण गरेकी हुन् ।

कोरोना संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि यो सामग्री मन्त्रालयलाई सहयोग गरिएको एक्सनएड नेपालले जनाएको छ ।

सहयोग गरिएको सामग्रीमध्ये ४ हजार थान मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने र बाँकी रहेको ५ हजार ४५७ थान सँस्थाले काम गरिरहेको काठमाडौं, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लामा रहेका साझेदार सँस्था तथा स्थानीय पालिकामार्फत स्थानीय स्वास्थ्य सँस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने छ ।

एक्सनएड नेपालले कोरोना महामारी तथा यसको असरबाट गरीब तथा सीमान्तकृत समुदायलाई बचाउनका लागि सचेतना अभिवृद्धिका साथै रोकथाम, राहत वितरण तथा सुरक्षा सामग्री वितरणलगायत काम गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *