Sajhamanch Archive

बामदेवलाई राष्ट्रपति भण्डारीको आग्रह : पार्टी एकता जोगाउन भूमिका खेल्नुहोस्

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । मंगलबार साँझ गौतम शितल निवास पुगेका हुन् ।

गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी छन् ।

‘पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ । यसपटक पनि लाग्नुपर्‍यो’ राष्ट्रपतिले गौतमलाई गरेको आग्रहबारे सुवेदीले भने ।

जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताए । राष्ट्रपति भण्डारीसँग आधा घण्टा सम्वाद गरी गौतम फर्किएका छन् ।

नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा छन् । गौतम जता लाग्यो, उतै बहुमत पुुग्छ ।

                                                                                                       अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *