Sajhamanch Archive

झापामा थप ६६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ जना महिला र ३८ जना पुरुष रहेका छन् ।

दमकमा १४ महिला र १६ पुरुष गरी ३० जनामा, बिर्तामोड नगरपालिकामा ४ महिला र ८ पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

भद्रपुर नगरपालिकामा २ महिला र ५ पुरुष गरी ७ जना,गौरादहमा २ महिला र ३ पुरुष गरी ५ जना, गौरीगञ्जमा २ महिला र २ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मेचीनगरमा २ महिला र १ पुरुष, कमल गाउँपालिकामा १ महिला र १ पुरुष, कनकाई र अर्जुनधारा नगरपालिकामा १-१ जना पुरुष र बुद्धशान्ति गाउँपालिकामा १ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको सख्या २२२० पुगेको छ । त्यसमध्ये १३५४ जना निको भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *