Sajhamanch Archive

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार एकजना महिलाको मृत्यु भएको छ ।

अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका वडा नं.९ बस्ने ६१ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो ४ः४५ बजे मृत्यु भएको हो ।

मंगलबार मात्रै अस्पतालमा भर्ना भएकी महिलामा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *