Sajhamanch Archive

 भारतबाट भन्सार छली ल्याइदैँ गरेको सामग्री बरामद

Published: (Updated: ) in समाज by .

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भन्सार छलि ल्याइदैँ गरेको अबैध सामग्री बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याइदैँ गरेको टप्स कपडा, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस मेचीनगर नगरपालिका वडा नं.७ बाट बरामद गरेको हो ।

७ लाख २१ हजार रुपैयाँ बराबरको उक्त अबैध समान ल्यादैँ गरेको अवस्थामा प्रहरीलाई देखि समानहरु छाडि भागेको र सामान प्रहरीको टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *