Sajhamanch Archive

मंसिर २ गतेसम्म फिदिममा लकडाउन

Published: in राष्ट्रिय समाचार, समाज by .

पाँचथर । दशैँ सकिएलगत्तै पाँचथरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि फिदिम नगरपालिकामा लकडाउन गरिएको छ ।

फिदिम नगरपालिकाको बुधबार बसेको आकस्मिक बैठकले कात्तिक १९ गते राति १२ बजेदेखि मङ्सिर २ गते राति १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो ।

बुधबार रातिदेखि लागू हुने लकडाउनमा अत्यावश्यक सेवाबाहेकका सबै व्यवसाय र यातायात बन्द हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *