Sajhamanch Archive

सम्झौता कार्यान्वयन गर्न डा केसीले गराए सरकारको ध्यानाकर्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी प्रा. डा. केसीले भने, ‘ विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले हामीसँग निरन्तर खबरदारी गर्नुको विकल्प छैन ।’

१९औं अनशनको बेला भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै उनले सम्झौताहरु कार्यान्वनयको अवस्था कहाँ पुग्यो भन्दै सरकारलाई प्रश्नसमेत गरे । १९औं अनशन बसेका केसी र सरकारबीच गत असोज २४ गते राति ८ बुँदे सम्झौता भएको थियो । त्यसो भोलिपल्ट केसीले अनशन तोडेका थिए ।

साथै, उनले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । उनले भने, ‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरुमा अफ्ना कार्यकर्ता भर्ती गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने ?’

शिक्षा र स्वास्थ्य सेवामुलक क्षेत्र भए पनि अहिलेका राजनीतिक दलहरुले नाफामुलक क्षेत्रको रुपमा व्यापार गरिरहेको बताए । ‘शीर्ष नेताहरु माफिया, विचौलिया र दलालहरुसँग मिलेर व्यापार गरिरहेका छन्,’ उनले थपे ।

समाजवादको नारा लगाउँदै शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट मागेकाहरुले नै जनताको पेटमा लात हानेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *