Sajhamanch Archive

आइपीएल : मुम्बई फाइनलमा,दिल्लीको लज्जास्पद हार

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । मुम्बई इन्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स ५७ रनको फराकिलो अन्तरले पराजित गर्दै मुम्बईले फाइनलमा स्थान बनाएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिल्लीलाई जितका लागि दिएको २०१ रनको बलियो लक्ष्य दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४३ रन बनाउन सक्यो । दिल्लीका लागि मार्कुस स्टोइनिसले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ६५ रनको योगदान गरे । त्यस्तै अक्षर पटेलले ४२ रन बनाउँदा कगिसो रबाडा १५ रन तथा कप्तान श्रेयस अ‍ैरले १२ रन बनाउन सफल भए ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन खर्चे। त्यस्तै ट्रेन्ट बोल्टले दुई विकेट लिँदा कुर्नाल पाड्या र किरन पोलार्डले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनाएको थियो । मुम्बईका लागि इशन किशन र सुर्यकुमार यादवले अर्धशतकीय पारी खेले । ३० बल खेलेका इशन किशनले ५५ रन बनाए । त्यस्तै ३८ बल खेलेका यादवले ५१ रनको योगदान गरे ।

मुम्बईका लागि क्विन्टन डी ककले ४० रन बनाउँदा हार्दिक पाड्याले ३७ रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि रविचन्द्र आश्विनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अर्निच नोर्टेजले र मार्कुस स्टोइनिसले समान एक–एक विकेट लिए ।

क्वालिफायरमा पराजित भएपनि दिल्लीले भने फाइनल पुग्ने अर्को अवसर छ । शुक्रबार हुने सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *